दफा १६
बेरोजगार व्यक्तिलाई रोजगारी दिनु पर्ने
(१) दफा १४ बमोजिम कुनै रोजगारदाताबाट श्रमिक माग भएपछि रोजगार सेवा केन्द्रले दफा ११ को उपदफा (१) बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई निजको योग्यता, सीप र अनुभवका आधारमा रोजगारीको लागि सम्बन्धित रोजगारदाता समक्ष लेखी पठाउनु पर्नेछ। (२) उपदफा (१) बमोजिम रोजगारीको लागि पठाइएको व्यक्तिलाई सरकारी वा सार्वजनिक क्षेत्रको रोजगारदाताले प्रचलित कानून बमोजिम निजको योग्यता र सीप अनुसारको काममा लगाउनु पर्नेछ र निजी क्षेत्रको रोजगारदाताले निजको योग्यता र सीप अनुसारको उपलब्ध काममा लगाउन सक्नेछ। त्यस्तो व्यक्तिले रोजगारदाताले लगाएको काम गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिम रोजगारदाताले काममा लगाए बापत उपलब्ध गराउने दैनिक ज्याला दर मन्त्रालयले तोके बमोजिम हुनेछ।
(४) उपदफा (२) बमोजिम रोजगारदाताले लगाएको काम नगर्ने व्यक्तिलाई रोजगार सेवा केन्द्रले बेरोजगारको सूचीबाट हटाउनु पर्नेछ।